विराटनगरको बरगाछी ४ मा सुजुकीको नयाँ शोरुम उद्घाटन भएको छ । स्थानीय न्यु गौरब अटोले विराटनगरका लागी सुजुकी शोरुम संञ्चालनमा ल्याएको हो । शोरुममा सुजुकिका सबै ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री गरिने संञ्चालक दिनेश कुमार सिंहले बताए ।
शुक्रबार संञ्चालक सिंहका अविभावक र वरिष्ठ अधिवक्ता रुपेश कोईरालाले संक्तरुपमा शोरुम उद्घाटन गरेका थिए । उद्घाटनको अवसरमा सबै प्रकारका सवारी विक्रीमा १० हजार सम्म छुटको व्यवस्था गरेको सिंहले जानकारी दिए । उपभोक्ताकालागी फाईनान्सको माध्यमबाट समेत सवारी खरिद गर्ने सकिने व्यवस्था छ । ५०% डाउनपेमेन्टमा कुनैपनि सवारीसाधन खरिद गर्न सकिने साथै पुरानो सवारीसाधन एक्सचेन्ज समेत गरिने शोरुममा प्रबन्धक निशान कटवालले जानकारी दिए ।
शोरुम संचालनको कार्यक्रममा सुजुकी बाइक र्याली समेत गरिएको थियो । र्यालीमा २५ बढी सवारीसाधनहरु रहेका थिए ।