‘किरात प्रदेश’ राख्न माग राख्दै मोरङका उम्मेदवारलाई कि.रा.या ज्ञापनपत्र

<span class='c1'>‘किरात प्रदेश’ राख्न माग राख्दै</span> <span class='c2'>मोरङका उम्मेदवारलाई कि.रा.या ज्ञापनपत्र</span>

प्रेम देवान

विराटनगर । किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग राख्दै मोरङबाट उठेका उम्मेदवारहरूलाई ज्ञापन पत्र बुझाएका छन् ।


मंसिर ४ गते हुने निर्वाचनपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापनपत्र उम्मेदवारहरूलाई बुझाएका हुन् ।
विराटनगर ११ स्थित साकेला थानमा किरात राई यायोक्खा विराटनगर महानगर कमिटिले शनिबार एक कार्यक्रम आयोजना गरी मोरङबाट उठेका प्रतिनिधी र प्रदेश सभा सदस्यका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला गरी प्रदेशको नामरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।


उनीहरूले मोरङ क्षेत्र नं. ४ मा प्रतिनिधी सभा सदस्यीमा गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी, मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधी सभा सदस्यीयमा उठेका उम्मेदवार राजकुमार यादव, मोरङ क्षेत्र नं. ६ मा प्रतिनिधी सभा सदस्यीयमा उठेका उम्मेदवार लालबावु पण्डित, प्रदेश सभा सदस्ययमा उठेका पर्शुराम बस्नेत लगायतका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला पारी किरात प्रदेश हुनुपर्ने माग साहितको ज्ञापन पत्र बुझाएका हुन् ।
उक्त ज्ञापन पत्र जनजाती महासंघका अध्यक्ष मिलन कुमार राई ,किरात राई यायोक्खा विराटनगर नगर समितिकी अध्यक्ष विष्णु राईले उम्मेदवारहरूलाई बुझाएका थिए ।


कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नं. ४ का उम्मेदवार अमनलाल मोदीले माओवादीले सुरूवातदेखिनै पहिचानको आधारमा प्रदेश १ को नामरण हुनुपर्ने बताउँदै आएको बताए । उनले पहिचानको पक्षमा आफु सधै लागि पर्ने बताए ।

कार्यक्रममा एमालेका उम्मेदवार लालबावु पण्डित, पर्शुराम बस्नेत, जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले लगायतले बोलेका थिए प्रदेश नम्बर १ को नाम पहिचान र भौगोलिकको आधारमा नै राख्ने विचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्