श्रृष्टि सहकारीको २६ औँ बार्षिक साधारणसभा ,आम्दानी २ करोड बढी

<span class='c1'>श्रृष्टि सहकारीको २६ औँ बार्षिक</span> <span class='c2'>साधारणसभा ,आम्दानी २ करोड बढी</span>

विराटनगर। विराटनगर २ मुनालपथमा रहेको श्रृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्षमा २ करोड ३९ लाख ८९ हजार ४ सय ७ रुपैयाँ आम्दानी गरेको छ ।

सहकारीको विराटनगरमा शनिबार भएको २६ औं वार्षिक साधरणसभामा सहकारी अध्यक्ष मोहन प्रसाद भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८-०७९ मा ३३ करोड १४ लाख ९ हजार ८ सय ७ रुपैयाँ कारोबार गरेको संस्थाले २ करोड २९ लाख ६६ हजार ५६ रुपैयाँ खर्च गरेको छ ।

सहकारीको २ करोड २८ लाख ६४ हजार १ सय रुपैयाँ शेयरपूँजी रहेको छ भने निक्षेप १० करोड ५३ लाख ८८ हजार ५ सय ९७ रुपैयाँ रहेको छ । सहकारीमा ९ सय २७ महिला र ८ सय १९ पुरुष गरी जम्मा १ हजार ७ सय ४६ जना शेयर सदस्यीय रहेका छन् ।

वार्षिक साधरण सभाको प्रमुख अतिथि रहेका राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार रमेश प्रसाद पोखरेलले मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । छरिएर रहेको पूजीलाई एकीकृत गर्दै आर्थिक विकासमा सहकारीको उल्लेखिनिय भूमिका रहेको बताए । उनका अनुसार मुलुकभर २४ हजार सहकारीमा ७४ लाख मानिस आवद्ध भएको जानकारी गराए । आवद्ध भएका मध्ये ३९ प्रतिशत सहकारीमा महिला आवद्ध छन् । सहकारीमा मार्फत १२ खर्बको कारोबार हुने गरेको उनले बताए ।

सोही अवसरमा सहकारीले चार जनालाई सम्मान गरेको छ । असल बचतकर्ता चन्द्रमणी ढकाल, शोभादेवी भगतलाई सम्मान गरेको थियो । यस्तै असल ऋणीहरुमा शकुन्तला देवी सरदार र सिताराम महत्तोलाई सहकारीले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्