स्वस्थ शरीरका लागि व्यायाम जरुरी : मेयर कोइराला

<span class='c1'>स्वस्थ शरीरका लागि व्यायाम</span> <span class='c2'>जरुरी : मेयर कोइराला</span>

विराटनगर । विराटनगर-१९ घिनाघाटमा दोस्रो संस्करणको १ नम्बर प्रदेशस्तरीय खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिस (एनवाईएफसी) विराटनगरद्वारा आयोजित प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा पुरुषतर्फ अजय मण्डल प्रथम, विशाल शर्मा द्वितीय र नरेन्द्रकुमार राजवंशी तृतीय भएका थिए । त्यस्तै महिलातर्फ रचना भट्टराई प्रथम, रमिताकुमारी कुवँर द्वितीय र नमिता श्रेष्ठ तृतीय हुन सफल भए ।

महिला र पुरुषतर्फतर्फका विजेतालाई जनही क्रमशः १०, ७ र ४ हजार नगदसहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रदेश-१ को झापा, मोरङ, सुनसरीसहित १४ वटै जिल्लाबाट ७० जना प्रतियोगीले सहभागिता जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यायामले मानिसलाई स्वच्छ राख्ने बताउनुभयो ।

त्यस्तै विराटनगर १९ का वडाध्यक्ष श्याम घिमिरेले खेलकुदले मानिसलाई स्वस्थ बनाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देशको पहिचानलाई समेत स्थापित गराउने बताउनुभयो । सो अवसरमा प्रदेश प्रहरी कार्यालयका एसपी नविनराज राई, समाजसेवी विमल भट्टराई, एनवाईएफसी नेपालका अध्यक्ष सुकदेव कार्की, आयोजक संस्थाका अध्यक्ष सुमन बञ्जरालगायतले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा महत्वपूणर् भूमिका खेल्ने चर्चा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्