विराटनगर । विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषधसहित एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीया एलिसा दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
एभिल १३ एम्पुल, लुप्रिजेसिक १३ एम्पुल, फेनारगन १३ एम्पुल र मेडापाम १३ एम्पुल सहित दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल