विराटनगरमा डाक्टर शेखर भने–म सदनमा पुगे नागरिकता विधेयक पास गराउन लाग्छु

<span class='c1'>विराटनगरमा डाक्टर शेखर भने–म सदनमा पुगे</span> <span class='c2'>नागरिकता विधेयक पास गराउन लाग्छु</span>

विराटनगर । नागरिकता विद्येयक पास नहुँदा सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नु परेको पीडा पोखेका छन् । चुनाव प्रचारप्रसारका क्रममा विराटनगर ११ मा आइतबार पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले नागरिकता पाउन नसकेको भन्दै पीडा पोखेका हुन् ।

सर्वसाधारणको प्रश्नमा मोरङ क्षेत्र न. ६ का प्रतिनिधिसभा सदस्य उमेदवार डा. कोईरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विद्येकय पास नभएको भन्दै चुनावी सेन्टिमेन्ट क्यास गर्न खोजेका थिए । विराटनगर ११ को चुनावी सभालाई संम्बोधन गर्दै नेता कोईरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विद्येयक पास नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाए ।

मंसिर ४ को निर्वाचन पछि बन्ने गठबन्धन सरकारले नागरिकता विधेयक पास गर्ने डाक्टर कोइरालाको भनाई थियो । उनले भने मैले जिते भने सदनमा पुगेर नागरिकता विधेयक पास गराउन लाग्छु ।

विराटनगर ११ का स्थानीयले नागरिकता बनाउन नपाउँदा राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेका थिए । जवाफ दिने क्रममा नेता कोईरालाले गठबन्धनको नेतृत्वले चुनाव जिते नागरिकता विद्येयक पास गर्न सहयोग गर्ने बचन दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्