भोट माग्न थचक्कै

<span class='c1'>भोट माग्न</span> <span class='c2'>थचक्कै</span>

विराटनगर । काँग्रेस नेता डाक्टर शेखर कोइराला उमेरले ज्येष्ठ भईसके । उनी विस्तारै हिड्छन् । सावधानीपूर्वक बस्छन् । अरु बेला गफगाफ गर्दा पनि शरीरलाई अड्याएर बस्छन् ।

तर, आइतबार विराटनगर–११ मा घरदैलो तथा चुनावीसभा कार्यक्रममा पुगेका बेला उनले मतदातासँग अनुहार जुधाएर कुरा गर्न भुँईमा थचक्क बस्नु परेको छ । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका कोइराला चुनावी प्रचारमा त्यहाँ पुगका बेला भुँईमा बसिरहेका ज्येष्ठ नागरिकसँग कुराकानी गर्नका लागि घुँडा मारेर बसेका थिए ।

उनले त्यहाँ राष्ट्रपतिले नागरिकता विधेयक पास नगर्दा धेरैलाई असजिलो परेको बताएका थिए । त्यस अगाडी स्थानीयले नागरिकता नपाउँदा नेपालीले पाउनु पर्ने सरकारी सुविधाबाट बन्चित हुनु परेको गुनासो डाक्टर शेखरसँग राखेका थिए । सर्वसाधारणको प्रश्नमा डा. कोईरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विद्येकय पास नभएको बताएका थिए ।

मंसिर ४ को निर्वाचन पछि बन्ने गठबन्धन सरकारले नागरिकता विधेयक पास गर्ने डाक्टर कोइरालाको भनाई थियो । उनले भनेका थिए–‘मैले जिते भने सदनमा पुगेर नागरिकता विधेयक पास गराउन लाग्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्