मोरङ ४ (ख) का उम्मेदवार जीवन घिमिरे मतदाताको घर पुग्दा छुट्टै उत्साह

मोरङ ४ (ख) का उम्मेदवार जीवन घिमिरे मतदाताको घर पुग्दा छुट्टै उत्साह

विराटनगर । प्रदेशसभा सदस्यमा मोरङ ४ (ख) बाट एमालेका उम्मेदवार जीवन घिमिरे मतदाताको घरमा पुग्दा छुट्टै उत्साह देखिन्छ । निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका घिमिरेलाई मतदाताका घरमा गरिने सम्मान विशेष देखिने गरेको हो ।

विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई उनले तीव्र पारेका छन् । उनलाई मतदाताले राम्रो व्यक्तिको रुपमा पहिचान बनाएका नेताको रुपमा घर पुग्दा खुशी व्यक्त गर्दछन् ।
प्रदेशका मन्त्री भएकाबेला घिमिरेले गरेको कामबाट मतदाता प्रभावित भएको बताउँदै आगामी निर्वाचनका लागि पनि मत दिने बाचा मतदाता आफैंले गर्ने गरेका छन् । विराटनगर–८ का मनोज महतोले एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्ने रहेछ भन्ने कुराको ज्ञान घिमिरेबाट थाहा पाएको बताए ।

उनले विराटनगर ३ मा समेत घरदैलो सुरु गरेका छन् । घिमिरेप्रति जेष्ठ नागरिकले बढी भरोसा गरेको बताएका छन् । मन्त्री भएका समयमा जेष्ठ नागरिकको भवन निर्माण, दिवा केन्द्र सञ्चालनमा सहयोग लगायतका कारण जेष्ठ नागरिकहरु खुशी भएका हुन् ।
एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनिय काम गरेका छन् । सडक निर्माण, कालेपत्रे, स्तरोन्नती, सामुदायिक भवन निर्माण, जेष्ठ नागरिकको भवन निर्माण, प्रविधिमैत्री विद्यालय निर्माण, सामाजिक विकासका लगायतका क्षेत्रमा उल्लेखनिय काम गरेका छन् ।

मन्त्री हुँदा घिमिरेले प्रदेश १ का मन्त्रीमध्ये सबैभन्दा राम्रो काम गरेको चर्चा चलेको थियो । प्रदेश योजना आयोगले वर्षेनी प्रकाशित गर्ने वार्षिक प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयको कार्यसम्पादन सबैभन्दा उत्कृष्ट ठहरिने गरेको थियो । लोककल्याणकारी योजना ल्याएर नागरिकका भरोसा दिने मन्त्रीको रुपमा उनको प्रशंसा हुने गरेको थियो ।
कोरोना संक्रमणको समयमा संक्रमितको उपचारका लागि छुट्टै अस्पताल खडा गर्ने, ज्येष्ठ नागरिकलाई दाँत उपहार दिने, सडक आश्रित तथा सहयोगापेक्षी मानवको उद्धार र संरक्षण, नदी सफाई, सुर्तीजन्य वस्तुको नियन्त्रण, सार्वजानिकस्थलका शौचालय सफाई जस्ता काममा मन्त्री हुँदा विशेष पहल लिएका थिए ।

घिमिरेसँग नेपाली काँग्रेसका भीम पराजुली र राप्रपाका माधव नेपाल प्रतिस्प्रर्धामा छन् । पूर्व मेयर पराजुली र राप्रपा मोरङका अध्यक्ष आचार्य पनि अहिले घरदैलोमा व्यस्त रहेका छन् । प्रदेशसभा सदस्यतर्फ यस क्षेत्रलाई विशेष चासो र महत्वको रुपमा हेरिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्