कोरोना विमा रकम भुक्तानीका लागि पत्रकार महासंघ मोरङद्धारा ज्ञापनपत्र

<span class='c1'>कोरोना विमा रकम भुक्तानीका लागि</span> <span class='c2'>पत्रकार महासंघ मोरङद्धारा ज्ञापनपत्र</span>

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमा बापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना वीमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना विमितको रकम उपलब्ध गराउनका लागि फैसला गरेपनि कम्पनीले फैसला कार्यन्वयन नगरेपछि महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा गएको टोलीले अजोड इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रमुख केदार खत्रीको ध्यानाकर्षण गराएको हो ।

उच्च अदालतको फैसला अनुसार भुक्तानीका लागि पत्र पठाएका र भुक्तानी नभएपछि असोज १० गते भुक्तानीमा ढिलाई हुनुको कारण सहित लिखित जवाफ माग गर्दा पनि आलटाल गरेपछि पहिलो चरणमा ध्यानाकर्षण गराएको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।

उच्च अदालतले आदेश दिएको ५ महिना वितिसक्दा पनि भुक्तानीमा आलटाल भएकाले यथाशीघ्र रकम उपलब्ध गराउन माग गरिएको छ । भुक्तानीमा ढिलाई भए महासंघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्