विराटनगर । मोरङ जिल्लाका उम्मेदवारहरुले आचारसंहिता विपरित काम गरेको भन्दै १५ वटा उजुरी परेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आचारसंहितत पालना नगरेको भेटिएको हो ।
जिल्ला प्रशासन कार्यलय मोरङमा सोमबार प्रदेश निर्वाचन कार्यालय विराटनगरले आयोजना गरेको प्रतिसनिधिधसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सम्बन्धी राजनीतिक दलहरुसंगको छलफल कार्यक्रममा उक्त तथ्यांक सार्वजानिक गरिएको थियो ।
अझै पनि सवारी साधनहरुमा माईक जडान गरी प्रचार–प्रसार गरेको, निर्वाचित कार्यपालिका सदस्यहरुले आचारसंहिता उल्लघंन गरेको, आफ्नो निर्वाचन क्षेत्रमा मोटरसाईकल र प्लेक्स प्रिन्टहरु प्रयोग गरेको जस्ता घटनाका उजुरी धेरै छन् ।
शेषगरी आचारसहिता उल्लघंनका विषयमा समस्या देखिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । हालसम्म आचारसहिता उल्लघंन गरेका १५ वटा लिखित र मौखिक रुपमा उजुरी परेको अधिकारीले जनाए ,।
मोरङका ६ वटै क्षेत्र नम्बरबाट उठेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचान आयोगले तोकेको आचारसंहितालाई राम्रोसँग पालन नगरेको पाइएको छ ।
आचार सहिता पालना गराउन दल तथा उम्मेदवारहरुलाई निर्वाचान आयोगले आग्रह गरेको छ । कुनै पनि राजनीतिक दल वा स्वतन्त्र पार्टीले आचारसंहिता उल्लघंनका कृयाकलाप गरेको भेटिए तत्काल अनुगमन समितिलाई जानकारी गराउन समेत आयोगले आग्रह गरेको छ । साथै आयोगले आचारसंहिता पालनामा सबै दलहरुले प्रतिवद्ध हुनुपर्ने आग्रह गरेको छ ।
यता छलफल कार्यक्रमा सहभागी भएका राजनीतिक दल तथा स्वतन्त्र पार्टीका उम्मेदवारका प्रतिनिधिहरुले आफ्ना उम्मेदवारहरुलाई आचारसहितको विषयमा जानकारी गराई आचारसहित पालना गराउने दावी गरेका छन् ।