मोरङको जहादमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

<span class='c1'>मोरङको जहादमा ट्राफिक</span> <span class='c2'>सचेतना कार्यक्रम सम्पन्न</span>

विराटनगर । मोरङको जहादा गाउपालिकामा एक दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको आयोजनामा मंगलबार जहदा गाउपालिका-२ मझारे रहेको श्री जनता माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि मोरङ ट्राफिकले गाउँ–गाउँमा पनि सचेतना कार्यक्रम सुरु गरेको हो ।

सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरणको लागि गाउँ–गाउँमा ट्राफिक प्रहरी सचेतना अभियानको थालनी समेत भई सकेको ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए । सवारी दुर्घटना मुख्य सडकमा भन्दा पनि गाँउका भित्री सडकहरुमा बढी दुर्घटना हुने गरेका कारण यो सचेतना अभियान गाँउ गाँउमा थालनी समेत भई सकेको जानकारी दिए ।

विद्यालयको हलमा मंगलबार सम्पन्न कार्यक्रममा मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की, बरिष्ठ नायव निरिक्षक यज्ञ शर्मा र प्र सानी दयाराम गौतमले सहजीकरण गरेका थिए ।

उक्त सचेतना कार्यक्रममा कक्षा ८,९ र १० का विद्यार्थीहरुको सहभागीता रहेको थियो । ट्राफिक नियमसम्बन्धी जानकारी दिन र सबैले ट्राफिकसम्बन्धी जानकारी पाऊन भन्ने उद्देश्यले आफूहरूले उक्त कार्यक्रम गर्दै आएको ट्राफिक प्रमुख कार्कीले बताए । ट्राफिक सचेतना कार्यक्रमलाई आउने दिनहरुमा अझ बढी गर्दै जाने प्रमुख कार्कीले जानकारी दिए ।

अभियानमा गाउँका प्रत्येक विद्यालयहरूमा ट्राफिक प्रहरी उपस्थित भएर एक विद्यालय एक कार्यक्रम अनुरूप सचेतना मूलक कक्षाहरू पनि सञ्चालन गरिने छ । सडक सुशासन तथा दुर्घटना रहित समाजको निमार्णको लागि सुरक्षा, सजकता र जिम्मेवार समेटेर अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त सचेतना कार्यक्रममा १०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्