प्रेम देवान
विराटनगर । आगामी मंसिर १६ गते विराटनगरमा हुन गईरहेको ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्टको तयारी यतिबेला धमाधम भईरहेको छ ।
फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्र्सटको कार्यक्रम स्थलदेखी टिकटको विक्री वितरणको कामहरु अहिले धमाधम भईरहेको छ ।
विगत १० वर्षदेखि सहयोगापेक्षी सडक आश्रित नागरिकको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा मङ्सिर १६ गते विराटनगरमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागेको हो ।
आफ्नो निर्माणाधीन भवन सम्पन्न गर्नुका साथै बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको मानव सेवा आश्रम विराटनगरका संयोजक नवराज केसीले जानकारी दिनुभयो ।
विराटनगरमा रहेको २ वटा भाडा घरमा आश्रीत महिला ,बालबालिका तथा वृद्धवृद्धाहरुको लागी वातावरणमैत्री नभएका कारण बन्दै गरेको अपुरो भवन निर्माणको सहयोग पुगोस भनेर कार्यक्रम गर्न लागीको केसीले आवर विराटनगरलाई जानकारी दिनुभयो ।
हाटखोलको खुला मैदानमा हुन लागेको लाईभ कन्र्सटको टिकटहरु मानव सेवा आश्रमको कार्यलय, विराटनगरको विग होटल , मेनरोडमा रहेको पुर्वाअञ्चल क्याफे , भाटभटेनी नजिकै रहेको पपुलर रिकन्डीसन लगायत विराटनगरका अन्य होटल तथा रेष्टुरा र सपिङ मलमा पाईने केसीले जानकारी दिनुभयो ।
नेपत्य ब्याण्डले नेपालका विभिन्न सहरका साथै विश्वका अन्य मुलुकमा समेत सफलतापूर्वक कार्यक्रम गरेर आमदर्शकको रोजाईमा रहेको व्याण्डको कार्यक्रम हेर्नको लागी सिक्कीम लगायत पुर्वका शहरहरुबाट आम दर्शकहरु आउने आयोजकले अपेक्षा राखेको छ ।
विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न मानव सेवा आश्रमले नेपथ्य व्याण्डसँग सहकार्यमा विराटनगरमा पहिलोपटक गर्न लागेको कार्यक्रममा सहभागी हुनको लागी समेत आयोजकले आशा लिएको छ ।
हाल १९ वटा जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्तिहरु बस्दै आएका छ ।