निर्वाचनलाई सफल तुल्याउन मोरङ र झापाका सीमा ७२ घण्टा बन्द गरिने

<span class='c1'>निर्वाचनलाई सफल तुल्याउन मोरङ र झापाका</span> <span class='c2'>सीमा ७२ घण्टा बन्द गरिने</span>

विराटनगर । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ ।

शान्ति सुरक्षाका विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सो निर्णय गरेको हो ।

भारतको किसनगञ्जमा भएको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित दुवै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारतको तर्फबाट डिएम श्रीकान्त शास्त्रीसहित एसपी, एसडिएम, सीमाका एसएसवी प्रमुखको सहभागित रहेको थियो ।

बैठकमा लागुऔषध ओसारप्रसारमा नियन्त्रण गर्ने, दुवै देशले आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने तथा संयुक्तरुपमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा गस्ती गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

उहाँले सो अवधिमा एम्बुलेन्स आवतजावत गर्न र विवाह भएमा संयुक्तरुपमा समझदारीमा पास दिने निर्णय पनि भएको जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्