मुसहर समुदायका ८८ प्रतिशत बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर

<span class='c1'>मुसहर समुदायका ८८ प्रतिशत बालबालिका</span> <span class='c2'>शिक्षाको पहुँच भन्दा बाहिर</span>

विराटनगर । गत भदौ २३ गते प्रदेश १ सरकारले तामझामका साथ साक्षर प्रदेशको रुपपमा घोषणा ग¥यो ।
प्रदेश १ मा ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले साक्षर प्रदेश घोषणा गर्दै गर्दा यता प्रदेशको राजधानी छेउकै मुसहर वस्तीमा भने आधा भन्दा बढी बालबालिका विद्यालय जानबाट बञ्चित भेटिए ।
दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका सो वस्तीका नागरिकहरुलाई आफ्ना सन्तान निजी विद्यालयमा भर्ना गराएर पढ्न पठाउन सक्ने अवस्थामा छैनन् ।

नजिकै भएको सरकारी विद्यालयमा पढाइ हुन छोडेसँगै त्यहाँका बालबालिकाहरु पढ्नबाट बन्चित बनेको विराटनगर—४ खारजीकी बसन्ती ऋषिदेव बताउछिन् । उनले भने आफ्ना दुई सन्तानलाई दुःख सुख बुढीगंगाको विद्यालयमा भर्ना गरेको सुनाइन् ।
‘यहाँका आधाभन्दा बढी केटाकेटी विद्यलाय जाँदैनन्, नजिकै भएको विद्यालयम पढाई हुँदैन । निजी स्कुलमा पढाउन गाह्रो छ,’ उनले भनिन्, ‘मेरो चाहीँ २ जना नानीहरु बुढीगंगा पढ्न पठाएको छु ।’

मुसहर समुदायका ८८ प्रतिशत बालबालिका शिक्षाको पहुँचमा नभएको युवा नेता धर्मेन्द्र ऋषिदेव बताउछन् । मान्छेले निर्माण गरेको समाजिक संरचनाले गिजोलेको मुसहर समुदायलाई सँधै दलित पिछडिएको वर्गमा राखेका कारण पनि यो समुदायले आफ्नो जीवनस्तर उकास्न नसकेको उनले बताए । ‘समाज भित्र हाम्रो समुदायलाई हेर्ने दृष्टिकोण सामाजिक कुरितिले यो समुदाय समाज र राज्यबाट उपेक्षित भएको हो,’उनले भने,‘हाम्रो समुदायमा परिवर्तन नआउनुको अर्को कारण धूम्रपान, मद्यपान सेवन अत्याधिक गर्ने र वचत गर्ने बानी नहुँदा पनि सताब्दी देखि मुसहर समुदायको जीवनशैली परिवर्तन हुनसकेन ।’

सदियों देखि मुसहर समुदायका नागरिकहरु रोजीरोटीका लागि सम्पन्न परिवारको घरमा काम गर्नुपर्ने बाध्यता आइपरेकाले पनि साँझबिहान छाक टार्नमा दैनिकी चलेको कारण यो समुदायले शिक्षामा लगानी गर्न सकस भएको उनको भनाई थियो ।
उनी मुसहर समुदायका शिक्षित युवा राजनतीकर्मी हुन् ।

कुन जिल्लामा कति प्रतिशत साक्षर
सामािजक विकास मन्त्रालयको तथ्याङक अनुसार ओखलढुङ्गामा मोरङमा ९६.५ प्रतिशत साक्षर छन् । ओखलढुङ्गामा ९९.०५ प्रतिशत साक्षर छन् । उदयपुरमा ९५.३२ प्रतिशत ,पाँचथरमा ९७, झापामा ९८.३३, धनकुटामा ९७.२५, इलाममा ९७.६२, खोटाङमा ९६.५६, सुनसरीमा ९५.५, तेह्रथुुममा ९५.९८, भोजपुरमा ९६.४,संखुवासभामा ९५.६३, ताप्लेजुङमा ९६.४५ र सोलुखुम्बुमा ९६.७३ प्रतिशत नागरिक साक्षर रहेको छ ।
प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्