नेपाली काँग्रेस मोरङका पाँचसहित प्रदेश १ का ११ नेताको नाम अभिलेखबाट हटाउन निर्देशन

<span class='c1'>नेपाली काँग्रेस मोरङका पाँचसहित प्रदेश १ का</span> <span class='c2'>११ नेताको नाम अभिलेखबाट हटाउन निर्देशन</span>

विराटनगर । नेपाली काँग्रेस मोरङका ५ नेतासहित प्रदेश १ का ११ जनाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उमेदवार भएका, अन्य पार्टीलाई सहयोग गरेका नेताहरुको नामावली पार्टीको सदस्यता अभिलेख बाट हटाउने निर्णय गरेको हो ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाद्वारा जारी विज्ञप्तीमा मोरङ क्षेत्र नम्बर २ का फडिन्द्र थापा, क्षेत्र नम्बर ३ का जयराज संयोग, चारका नन्दु सरदार, ६ का गोपाल रेग्मी, जनार्दन निरौलाको क्रियाशिल सदस्य हटाउने निर्णय गरेको उल्लेख छ । यसैगरी सुनसरीका प्रेम भट्टराई र रोहित सुब्बा, झापाका सुरेशकुमार पोखरेल, धनकुटाका बालानन्द दाहाल। पाँचथरका सन्तमान केरुङ्ग र ताप्लेजुङ्गका मीनाकुमारी गुरुङको पार्टी सदस्यता हटाईएको उल्लेख छ ।

नेपाली काँग्रेसका विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि उनीहरुको सदस्य समेत नरहने गरि अभिलेखबाट हटाइएको उल्लेख छ । बागी, निजका प्रस्ताव र समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली समेत अभिलेखबाट हटाईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्