विराटनगर कार्तिक २३ ,
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा प्रदेशसभा सदस्यका उमेद्वार कृष्ण (पर्शुराम बस्नेत) ले आफ्नो चुनाबी घरदैलो अभियान तिब्र बनाएका छन् । विराटनगरका वडा नम्बर ५,६,७ ,११ र १२ मा उनले आफ्नो घरदैलो गर्दै आएका छन् ।
विराटनगरका वडाहरु मात्रै समेटिएको हुनाले उनको घरदैलोमा विराटनगरमा रहेका समस्याहरु जनताले घरदैलोमा सुनाउने गरेको उनले बताए । आफु यसै क्षेत्रको बासिन्दा भएको हुनाले जनताले भोगेको समस्या आफ्नु पनि भएको भन्दै जनताको हरेक समस्याको हल निकाल्न लाग्ने उनले बताए । घरदैलोमा जनताले बिगतमा नेताले आश्वासन मात्रै दिएको हुनाले निराश भएको भन्दै गुनासो गरेका थिए । जनतालाई "भोट मलाई दिनुहोस विकास तपाईहरुलाई म दिन्छु" भन्दै भोट मागिरहेका छन् ।
जनप्रतिनिधि कस्तो हुनुपर्छ, जनताले युवालाई छान्दा कस्तो परिवर्तन हुन्छ भन्ने उदाहरण भएर देखाउने बताए ।
क्षेत्र नम्बर ६ (ख) गठबन्धनका तर्फबाट नेपाली काग्रेसका केदार कार्कीसँग मुख्य प्रतिस्पर्धामा छन् । कार्की वर्तमान प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन् । यसै क्षेत्रबाट नेपाली कांग्रेसका गोपाल रेग्मीले स्वतन्त्र र बिपी कांग्रेसका जर्नादन निरौलाले पनि उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट लालबाबु पण्डित र नेपाली काग्रेसबाट शेखर कोइराला चुनावी मैदानमा छन् ।