बैंक ब्याज विरुद्ध विराटनगरमा कालो कपडा लगाएर मौन जुलुश

बैंक ब्याज विरुद्ध विराटनगरमा कालो कपडा लगाएर मौन जुलुश

विराटनगर । राष्ट्र बैंकले चर्काे ब्याजदर नीति ल्याएपछि मार्कामा परेका व्यवसायीहरूले विराटनगरमा बृहत मौन जुलुस प्रदर्शन गरेका छन् ।

बुधबार विराटनगरका उद्योगी-व्यवसायीहरुले बैंकको चर्को व्याजदरविरुद्ध सडकमा निस्कीएर बृहत मौन जुलुस प्रदर्शन गर्दै विराटनगरमा रहेको राष्ट्र बैंकमा पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् । मोरङ व्यापार संघबाट निकालिएको बृहत मौन जुलुस गोल्छा चौक हुदै जलजला चौकमा पुगेर केहीबेर प्रदर्शन गरेका थिए । मौन जुलुसमा सहभागी व्यावसायीहरुले कालो व्यानरका साथ कालो टिसर्ट र विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर बैंक विरुद्ध नारा लगाउदै प्रदर्शनमा सहभागी भएका थिए ।

जलजल चौकबाट हस्पिटल चौक हुदै देवकोटा चौकमा रहेको नेपाल राष्ट्र बैंकमा पुगेर कोणसभा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिहरुको विरुद्धमा आफुहरु चरणबद्ध आन्दोलनमा उत्रदै आएका बताए । बैंकहरुले अहिलेको निती तत्काल नसच्याए सम्म आगामी दिनमा कडा भन्दा कडा रुपमा आन्दोलनका कार्यक्रमहरु गर्ने रिजालले चेतावानी दिएकाछन् ।
यसैगरी नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले देशको अर्थतन्त्र धरासयी बनिरहेको बेला राष्ट्र बैंकले ल्याएको चर्काे ब्याजदर नीतिले ब्यवसायीहरूलाई रातदिन रुनु परेको सुनाए ।

उनले भने अहिलेका प्रधानमन्त्री , अर्थमन्त्रि र नेपाल राष्ट्र बैंकका गर्भनरलाई १५ दिनको अल्टिमेट दिएकाछौँ १५ दिनभित्र नीतीहरु नसच्चाए विराटनगरका सम्पुर्ण उद्योगी व्यावसायीहरु काठमान्डौ पुगेर आन्दोलन गर्ने समेत चेतावनी दिए । कार्यक्रममा उद्योग संघठन मोरङका अ्रध्यक्ष सुयस प्याकुरेल , मोरङ व्यापार संघका पुर्वअध्यक्ष प्रकास मुन्दडा लगायतले राष्ट्र बैकले तत्काल अहिलेको निर्णय फिर्ता लिन राष्ट्र बैंक समक्ष माग गरेका छन् । बृहत मौन जुलुस प्रदर्शनमा मोरङ ईलोक्ट्रोनिक्स संघ , पेट्राृलियम व्यावसायी, हार्डवयर व्यावसायी, मुन्द्रण व्यावसायी, एनवाई इएफ, अटो मोवाईल्स लगायत स्थानिय वस्तु आयातित साना घरेलु उद्योगसघ सस्थाहरु समेत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्