धरानमा विराट मेडिकल सेन्टर संचालनमा

धरानमा विराट मेडिकल सेन्टर संचालनमा

विराटनगर । सुनसरीको धरानमा विराट मेडिकल सेन्टर संचालनमा आएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड नर्सिङ होम प्रा.लि ले सुनसरीको धरान ८ भोटेपुलमा स्वास्थ्य शाखाको रुपमा पोलिक्लिनिक बिराट मेडिकल सेन्टर बुधबारबाट संचालनमा ल्याएको हो ।

स्वास्थ्य उपचार सेवालाई थप फराकिलो बनाउन, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य उपचारको पहुँचमा पुर्याउने उद्देश्यसहित सञ्चालनमा आएको उक्त मेडिकल सेन्टरको उद्धघाटन धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ र अस्पतालका संस्थापक अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा पर्याप्त नभएको अवस्थालाई धरानवासीले महसुस गरे नै विराट मेडिकल सेन्टर संचालनमा आएको बताउदै उनले शुभकामना व्यक्त गरेका थिए ।
उनले शुपथः मुल्यमा धराने जनताको स्वास्थ्य सेवा दिन संचालकलाई आग्रह गर्दै उनले भने,‘ जनतालाई बचाउने काममा अगाडी बढेर जाओस यो क्लिनक जस्तो देखिन्छ, त्यो बाट मुनाफाको आशा गरिन्छ त्यसो भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवसायीक क्षेत्र मानेर हिँड्नुभएका जति पनि स्वास्थ्य व्यवासायी हुनुहुन्छ उहाँहरुले शुपथ तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नुहोला ।’

अस्पतालका उपाध्यक्ष डा.निकिता कार्कीले पूर्वी पहाडी क्षेत्र, मोरङ, सुनसरीको भूगोललाई सहजै जोड्ने उद्देश्यले धरानमा विराट मेडिकल सेन्टर संचालनमा ल्याएको उल्लेख गरे ।
‘विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होम प्रा.लि.मा पाउन सकिने सेवा यस पोलिक्लिनिकबाट पनि सहजै पाउन सकिने भएकाले हामीले पूर्वी पहाडी क्षेत्र साथै मोरङ, सुनसरीलगायतका आसपासका विभिन्न जिल्लाका नागरिकहरुलाई उपचार र स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्नेमा हामी विश्वस्त छोँे ।’ उनले भने,‘ उपचार सेवामा हामी कुनै पनि किसिमको कमि आउन दिनेछैनौँ ।’

यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले चिकित्सकका लागि अस्पताल मन्दिर र बिरामी हेर्ने काम पुजा भएको बताए । उनले आफू जहाँ रहे पनि धरानमा पुजा गर्ने ठाँउ मन्दिर अर्थात अस्पताल होस भन्ने सपना विराट मेडिकल सेन्टर संचालनमा आएसँगै पुरा भएको बताए ।

आफू भित्रको डाक्टर जन्माएको धरान भएकाले पनि धरान फर्किएर आएको उनको भनाई थियो । अस्पतालका संस्थापक अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले राज्यले सरकारको स्वमित्व रहेको संस्थालाई आफ्नो सम्झने र निजि संस्थालाई अपनत्व नठान्ने सोंच परिवर्तन गर्नुपर्नेमा जोड दिए । निजि सम्पूर्ण संस्थाले राज्यको अधिनमा रहेर नियम कानुनमा रहेर जनतामा समर्पण हुने भएकाले राज्यले निजि संस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

‘स्वास्थ्य क्षेत्रको झण्डै ७५ प्रतिशत सेवा दिने निजि संस्थालाई पाखा लगाउने २५ प्रतिशत मात्रै सेवा दिने सरकारी स्वामित्वको संस्थालाई काखी च्याप्ने सरकारको निति हुनुहँदैन,’ उनले भने,‘ यो हाम्रो एउटा सानो प्रयास हो । हाम्रो क्षेत्रमा समुन्द्र जस्तो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, त्यो संस्थाले राम्रै सेवा दिइरहेको छ , त्यो संस्थाको अझै प्रगतिको होस् आम जनताले अपेक्ष गरेको जस्तो सेवा धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिनुपर्छ ।’

धरानमा विराट मेडिकल सेन्टर ल्याउनमा ठूलो भूमीका डा. प्रशान्त शाहको रहेको अध्यक्ष डा.कार्कीले प्रष्ट पारे ।
उनका अनुसार मेडिकल सेन्टरमा ल्याब सेवा, रेडियो इमेजिङ लगायतका सेवा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्