वनमन्त्री थापाको निधनमा आज सार्वजनिक विदा

<span class='c1'>वनमन्त्री थापाको निधनमा</span> <span class='c2'>आज सार्वजनिक विदा</span>

विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा आज सार्वजनिक बिदा दिएको छ ।

वनमन्त्री थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए ।

वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय सार्वजनिक संघ संस्थाहरु कात्तिक २४ गते बन्द रहने सूचनामा उल्लेख छ ।

थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्