मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको चुनावी लहर

<span class='c1'>मोरङ ५ मा स्वतन्त्र उम्मेदवार</span> <span class='c2'>योगेन्द्र मण्डलको चुनावी लहर</span>

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको चुनावी लहर बढिरहेको छ । बिगत २५ बर्षबाट जीवन विकास समाजको मार्फत बिभिन्न सामाजिक काममा सक्रिय रहदै अहिले राजनीतिमा आएका मण्डलको उक्त क्षेत्रमा राम्रो लहर देखिएको छ ।

उक्त क्षेत्रका अधिकांश युवाहरु देखि महिला, बृद्धवद्धाहरु समेत उनको चुनाबी अभियानमा जोडिएका छन । शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर जनताको जीवन उकास्ने योजना सहित अहिले मण्डल घरदैलोमा रहेका छन् ।

नेता भनेको जनताको सेवाको लागि हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न आफु राजनीतिमा आएको बताउने मण्डलले सबै जनतालाई सोचेर नीति निर्माण तहमा काम गर्न इच्च्छुक रहेको बताएका छन् ।

बिगतमा जस्तो जनतालाई झुक्याउने काम आफूबाट नहुने उनले बताए ।आफूले २५ वर्षदेखि अनवरतरुपमा समाजसेवामा लागेर गरिबीरहित नेपालको परिकल्पनासहित क्षेत्र नम्बर ५ लाई पनि गरिबीरहित बनाउने योजना समेत रहेको उनले बताए । मण्डलले चुनाब चिन्नको रुपमा कल पाएका छन् ।

उनले बिगत २५ बर्षमा उक्त क्षेत्रमा गर्दै आएका कामको बिवरण :

रोजगारी
२००० युवा प्रत्यक्ष रोजगार
३ लाख ५० हजार परिवार आत्मनिर्भर
व्यवसायिक तालिम केन्द्र बाट सयौँ युवा स्वरोजगार

शिक्षा  
२८ स्थानमा निशुल्क  ट्युसन सेवा प्रदान
सामुदायिक विद्यालयका शिक्षिकाहरुलाई मण्टेस्वोरि तालिम प्रदान
३५ सामुदायिक विद्यालयलाइ आवश्यक सहयोग
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा भुमिका निर्वाह

कृषि
प्रांगारिक मलको लागि ३००० घनको वायो ग्यास प्लान्ट स्थापना
कृषिमा आधुनिकीकरणको लागि ह्यारिङ्ग सेन्टरको स्थापना
स्थानीय  किसानहरुको लगानीमा दाना फ्याक्ट्री स्थापना

स्वास्थ्य

रु २० मा विशेषज्ञ डाक्टरको शेवा
हजारौँ निशुल्क स्वस्थ शिविर सञ्चालन
३०० शैयाको अस्पताल निर्माणाधीन

गरिबी न्यूनीकरण  
हजारौँ सुकुम्बासी भए जग्गाधनी
जसको कोही छैन उसको जीवन विकास अभियानबाट अति बिपन्न परिवारलाई सहयोग
हजाराँै बिपन्नले पाए सुरक्षित घर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्