विराटनगर । मोरङ बुढीगंगा–६ निवासी अनारवती कुमारी चौधरी आफ्ना श्रीमान रमेशकुमार सुतिहारको उपचार खर्च जुटाउन व्यस्त छिन् ।
सातवर्ष अगाडी मात्रै विवाह गरेर रमेशसँगको सम्बन्धबाट एउटा छोरीको स्याहार समेत गर्नुपर्ने चौधरीलाई श्रीमान् बचाउनु पर्ने दायित्व जोडिएको छ । विवाहपछि विदेश गएका रमेश तीनवर्ष अगाडी फर्किएका थिए ।
दैनिकी चलिरहेको बेला गतवर्ष असोजदेखि मृगौला रोगले रमेशलाई च्याप्यो । एकवर्षदेखि लगातार उपचार भईरहँदा उनी अहिले वीर अस्पतालको शै्यामा छन् । एकवर्षमा आठ लाख खर्च भईसकेको छ, अनावतीले भनिन्–अब मृगौला फेर्नुपर्ने भएकोले त्यसको तयारीमा छु तर पैसा छैन ।
उपचारमा समस्या भएपछि चौधरी कसैले दिईहाल्छन् की भनेर सम्झन्छिन् । त्यहि भएर उनी बिहीबार नेपाल पत्रकार महासंघ मोरङ शाखामा आफ्ना गुनासो राख्न आएकी थिइन् ।
उनले भनिन्–एक कठ्ठा जग्गा मात्रै छ, त्यहि देखाएर अहिलेसम्म ऋण लिदैं उपचार गराई रहेकी छु ।
अब उनीसँग सहयोग मागेर उपचार खर्च जुटाउनु छ । त्यसका लागि अनावती कुमारी चौधरीको सनराइज बैंक लिमिटेडको ०४०१०३२८२१८०११ नम्बरमा सोझै वा ९८२४३३६९६६ मा सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।