मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियर पढ्न बिद्यार्थीको आकार्षण बढ्दै

<span class='c1'>मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियर</span> <span class='c2'>पढ्न बिद्यार्थीको आकार्षण बढ्दै</span>

विराटनगर । पछिल्लो समय प्राबिधिक विश्वविद्यालयमा ईन्जिनियर पढ्न चाहने बिद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।

प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको मनमोहन प्राबिधिक विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रमा भर्ना भएर ईन्जिनियरिङग विषय पढन चाहने बिद्यार्थीहरुको आर्कषण बढ्न थालेको हो ।

दोस्रो शैक्षिक सत्रको भर्ना आवेदन खुल्ला भए पछि स्कुल अफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स ईन्जिनिरिङ बिषयमा स्नातकतहमा पढने पाँच सय बढी बिद्यार्थीहरुले आवेदनदर्ता गराइसकेको प्रविकि विश्वविद्यालयका डिन डा प्रचण्डमान प्रधानले जानकारी दिए ।

उनकाअनुसार भौतिकपुर्वाधार सम्पन्नकक्षाकोठा , कमप्युटरीकृत पठनपाठन र परीक्षा प्रणाली अनिउच्च स्तरको गुणस्तरिय प्रयोगशाला र बिशिष्टकृत पाठयक्रम र महिला छात्राबास सहित आउनजान यातायातको समेत व्यवस्थाभएकोले पहिलो शैक्षिक सत्रदेखी नै मनमोहनमा ईन्जिनियर पढन चाहने विद्यार्थीहरुको घुँईचो लाग्न थालेको हो ।

२०७६ मा प्रदेश १ सरकारले संसदबाट कानुन बनाएर देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गराएको हो । पाठयक्रम र भौतिकपुर्वाधार निर्माण गरि दक्षजन शक्त्ति नियुक्त्त गरिसके पछि गत बर्ष देखी मनमोहन प्राबिधिक विश्वविद्यालयले स्कुलअफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स ईन्जिनिरिङबिषयमा स्नातकतहको पढाई सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्