विराटनगर । विराटनगरमा स्कुटर दुर्घटना भएको छ ।बिहिबार दिउँसो कोसी राजमार्ग अन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ५२५५ को स्कुटर र मे १ ख २६६९ नम्बरको बससंग ठोकिदा बसको मुनि स्कुटर पसेको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।
दुर्घटना सामान्य मात्रै भएको र कुनै पनि मानवीय नभएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।