विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा तिम्ल्याहा नवजात शिशुको सुरक्षा

विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा तिम्ल्याहा नवजात शिशुको सुरक्षा

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम (विराटनगर अस्पताल) तिम्ल्याहा नवजात शिशुले जन्म लिएका छन् । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले हस्पिटलमा जन्म दिएकी थिइन् ।
समय अगावै जन्मिएका शिशुहरुको हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वको १६ जनाको स्वास्थ्यकर्मीको टोलीले सफल उपचार गरेर स्वास्थ्य सुरक्षा गरेको छ । समय नपुगी जन्मिएको नवजात शिशुको सफल उपचार गरेर हस्पिटलले उनीहरुलाई जीवित राख्न सफल भएपछि बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

गत कात्तिक ३ गते हस्पिटल भर्ना भएकी चौहानलले १० गते तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी थिइन् । चौहानलले जन्म दिएका तीनै जना छोरी छन् । अस्पतालकी वरिष्ठ स्त्री, प्रसूति तथा निसन्तान विशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसुती गराएको थियो ।
गर्भ रहेको २९ सातामै चौहानले शिशु जन्माएकी हुन् । सामान्य अवस्थामा शिशु ४० सातामा जन्मिन्छन् । तर, गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । चौहानलले गर्भ रहेको २९ हप्ता पुरा भएपछि यी शिशु जन्माएकी हुन् ।

‘समय नपुगी त्यो पनि कम तौल भएको शिशुलाई बचाउन निक्कै गाह्रो र खतरा हुने गर्दछ,’ वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. अधिकारीले भने, ‘कम तौलको शिशुको शारिरको अंगहरू विकास भएको हुदैन । त्यस्ता शिशुलाई कडा खालको अक्सिनमा राख्नुपर्ने हुन्छ । बुझने भाषामा भन्नुपर्दा आमाको कोखमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।’

तीनै जना शिशुलाई एनआईसीयू कक्षमा राखेर उपचार गरेको उनले बताए । ‘एनआईसीयूमा दुई साता राखेर उपचार गर्दा शिशुको अवस्था अहिले एकदमै राम्रो भएपछि नर्सरी वार्डमा सारेर उपचार गरिएको छ,’ उनले भने, ‘अब जोखिम कम भएको छ । तीनै जना शिशुको अवस्था अहिले एकदमै राम्रो छ । आमाको दूध खानसक्ने भएका छन् ।’ शारिरीक विकास हुदै जाने क्रम अब बढेर जाने भएकोले अबको दुई साता भित्रमा शिशुलाई डिस्चार्ज दिने उनले बताए ।

तिम्ल्याहा शिशुलाई जन्म दिएकी रमा चौहानको पहिलो सन्तान हो । ‘पहिलो सन्तान तिम्ल्याहा जन्माएर सकुशल रहेकोमा खुसी झन् बढेर गएको छ,’ उनले भनिन्, ‘तर ईश्वरले जे चाहे त्यो गरे । हाम्रो लागि यो दुर्लभ खुसी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्