विराटनगरको एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट

<span class='c1'>विराटनगरको एस्पायर कलेजमा</span> <span class='c2'>इम्प्रोम्टु इभेन्ट</span>

विराटनगर । विराटनगर–१४ मा अवस्थित एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट सम्पन्न भएको छ । यसै वर्ष देखि काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा शुक्रबार विद्यार्थीहरु माझ इम्प्रोम्टु इभेन्ट कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ४४ जना विद्यार्थीहरु सहभागी थिए । स्थापनाको पहिलो वर्षमा नै विश्वविद्यालयले प्रदान गरेको कोटा अनुसार विद्यार्थी भर्ना गरेर कक्षा शुरु भएको एस्पायर कलेजमा बि।टेक.एड.आईटी र होटल मेनेजमेण्ट सम्बन्धि बि.पि.एच।. कार्यक्रमहरु सञ्चालनमा छन् ।
यो बदलिदो समाज र विश्व बजारमा मिल्ने कोर्ष भएको हुँदा विद्यार्थीहरुमा काठमाण्डौ विश्वविद्यालय प्रति आकर्षण बढ्दै गएको र एस्पायर कलेजमा विद्यार्थीको शिक्षण सिकाईका निमित्त सम्पुर्ण पुर्वधारहरुको व्यवस्था भएको , आगामी दिनमा विश्वविद्यालयका अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने कुरा कलेजका अध्यक्ष बिकास अधिकारीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कलेजका प्रमुख सि.एम.बस्नेतले विद्यार्थीहरुको सार्वङ्गीण विकासका लागी कुनै कसर बाँकी नराख्ने र सिप ,सँस्कार र प्रविधिमैत्रि विश्व बजारमा खपत हुने दक्ष जनशक्ती उत्पादन गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख बस्नेतले काठमाण्डौं विश्वविद्यालय नेपालको प्रथम श्रेणीमा पर्ने विश्वविद्यालय भएको र यस विश्वविद्यालयमा कुनै प्रकारको राजनितिक हस्तक्षेप नभइ विद्यार्थीको सिप र सिकाईलाई प्राथमिकता दिइने र २० प्रतिशत कोटा विदेशी विद्यार्थीहरुकालागी भएको बताउनुभयो ।

कार्यक्रममा बि.टेक.एड.आईटीका संयोजक खेमनाथ खतिवडा र बि.पि.एच.संयोजक शुभम भट्टराईले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । एस्पायर कलेजमा सम्पन्न भएको इम्प्रोम्टु इभेन्टमा प्रथम,द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल क्रमशः सुसान्त नेपाल, पृथ्वी राज साह र तुसार गणेशलाई कलेजले खादा, माला र पुरस्कारले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्