विराटनगर जेसिजको ५० औ अध्यक्षमा युवा ब्यबसायी अविनास थापा निर्वाचित

<span class='c1'>विराटनगर जेसिजको ५० औ अध्यक्षमा</span> <span class='c2'>युवा ब्यबसायी अविनास थापा निर्वाचित</span>

बिराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसिजको ५० औ अध्यक्षमा सन २०२३ का लागि अविनास थापा निर्वाचित भएका छन । त्यसतै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा तुलसी निरौला , कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी र रन्जन कुमार शाही , तालिम निर्देशकमा शिव शंकर मण्डल , उपाध्यक्ष मा पप्पु अन्सारी , प्रशान्त घिमिरे , सृजना थापा ,निरज ढकाल र जनसम्पर्क अधिकारीमा अमित कर्ण निर्वाचित भएका छन ।

थापा ह्यासट्याग फुड एन्ड वारका प्रवन्ध निर्देशक तथा रिद्धि सिद्धि हाउजिंग तथा परामर्श केन्द्रका संचालक समेत हुन। बिराटनगर जेसिज ५० औ बर्षमा पुगेको , यसै बर्ष एरिया ए सम्मेलन समेत रहेको र राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी समेत रह्ने हुदा एक्दमै महत्त्वपूर्ण बर्ष मा आफू अध्यक्ष बनेका कारण बिराटनगर जेसिजको गरिमालाई उच्च राख्नका लागि कुनै कसर बाकी नराख्ने र बिराटनगर भरी का युवाहरुलाई जेसिजमा आकर्षण गर्न राम्रा योजनाहरु लिएर आउने , नेतृत्व र ब्यक्तित्व बिकास गराउने सस्था भएका कारण सोही अनुसारका गतिविधि बर्ष भरि नै सन्चालन गरिने नव निर्वाचित अध्यक्ष अविनास थापाले जानकारी दिए ।

त्यस्तै बिराटनगर जेसिजका बर्तमान अध्यक्ष देव चन्द्र घिमिरेले चाडै नै पदस्थापना कार्यक्रम सन्चालान गरि पद हस्तान्तरण गरिने जानकारी दिए । र आफ्नो कार्यकाल मा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा आफ्नो साथ बिराटनगर जेसिजलाई रहने र आफू हातेमालो गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए ।

निर्वाचन प्रक्रियामा बिराटनगर जेसिजका पुर्व अध्यक्ष , बिराटनगर जेसिज बर्ष २०२२को बोर्ड , बिराटनगर जेसिजका सदस्यहरु , विभिन्न संघ सस्थाबाट पाल्नु भएका प्रतिनिधि हरु पत्रकार , समाज सेवि लगायतको उपस्थित रहेको थियो ।

एक ब्यक्ती एक कार्यकाल र एक पद रह्ने र हरेक बर्ष निर्वाचन प्रकृया बाट नया बोर्ड गठन हुने प्रावधान रहेको र सोही प्रावधान बमोजिम निर्वाचन प्रक्रिया बाट नया बोर्ड गठन भएको नव निर्वाचित जन सम्पर्क अधिकारी अमित कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्