मोरङ जिल्लामा पनि मदिरा सेवन र विक्री वितरण नगर्न आदेश

<span class='c1'>मोरङ जिल्लामा पनि मदिरा सेवन</span> <span class='c2'>र विक्री वितरण नगर्न आदेश</span>

विराटनगर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवनमा मंसिर १ गते रातीदेखी पुर्ण निषेध गरिएको छ । “मोरङ जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै मंसिर १ गतेदेखी आगामी मंसिर ५ गते राती सम्म कुनै पनि मदिरा जन्य पदार्थ विक्रीवितरण तथा सेवनमा रोक लगाइएको हो ।


मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्णरुपमा निषेध गरिएको कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ”, सूचनामा भनिएको छ ।
आसन्न निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लाबासी, सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्न जिल्ला प्रशासन कार्यलय मोरङले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्