विराटनगर । विराटनगर महानगरपालिका भित्र घर नक्सा र निर्माण सम्बन्धित सेवाका लागि थप कन्स्ट्रक्सन कम्पनीको रुपमा ब्रोदर्स कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन सञ्चालनमा आएको छ । गत शक्रबार विषेस कार्यक्रम गरी आफ्नो कार्यालयको ऊद्घाटन गरेको थियो।
यस भित्र घर नक्सा र नक्सा पास सम्बन्धित सम्पुर्ण कार्य हुनु का साथै घर निर्माणको सेवा पनि उपलब्ध भएको जानकारी यस कम्पनीका निर्देशक ई. अफज़ल अन्सारीले दिएका छन् ।
कार्यक्रममा विभिन्न कन्सल्टेन्सीका निर्देशकहरु र वरिष्ठ डाक्टरहरुको पनि उपस्थिति रहेको कम्पनीका सल्लाहकार ई. मोवाज़ हसनले दिएका छन् । यस कम्पनी भित्र दक्ष इन्जिनियर द्वारा सेवा प्रदान गरिने जानकारी ब्रोदर्स कसल्टेण्ट एण्ड कन्स्ट्रक्सनका वरिष्ठ सल्लाहकार र निर्माण कन्सल्टिंग इन्जिनियर्सका प्रबन्ध निर्देशक ई. अम्मार हसनले बताएका छन्।