मोरङ ६ मा घरघर पुग्दै राप्रपाका गोपाल कटवाल,गरिबका छोराछोरीलाई नि:शुल्क शिक्षा प्रमुख एजेन्डा

<span class='c1'>मोरङ ६ मा घरघर पुग्दै राप्रपाका गोपाल</span> <span class='c2'>कटवाल,गरिबका छोराछोरीलाई नि:शुल्क शिक्षा प्रमुख एजेन्डा</span>

राष्ट्रिय प्रजातन्त्र पार्टिबाट मोरङ ६ मा उमेद्द्वारी दिएका गोपाल कटवाल घर दैलोमा रहेका छन् । आफ्नो पार्टीको एजेन्डाहरु सहित जनताको मत माग्दै उनि घरदैलोमा रहेका हुन् ।

लामो समयबाट उनि राजनीतिमा सक्रिय रहेका छन् । पंचायतकालमा नेकपा एमालेबाट वडा अध्यक्ष रुपमा निर्वाचित भएका थिए भने नेकपा माओबादीमा रहदा केन्द्रिय स्तरको नेताको रुपमा चिनिएका थिए । कटवाल २०७० सालको संविधानसभाको दोस्रो चुनावमा माओवादीको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बन्न पाए। त्यसबेला मोरङमा नौ वटा निर्वाचन थिए, जसमध्ये उनी क्षेत्र नम्बर ७ का उम्मेदवार बने।

कटवालले करिब आठ हजार मत ल्याए। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनाव जित्दा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार दोस्रो भने कटवालले तेस्रो मत ल्याएका थिए।

हिजो गणतन्त्रवादी मोर्चामा उभिएको, माओवादी युद्धलाई साथ दिएको व्यक्ति आज कसरी राजतन्त्रका पक्षधर हुनुभयो? प्रश्नमा कटवाल भन्छन्, ‘जब देश बेचबिखनका कुरा आउँछन्, राजनीतिक दलहरू त्यस्ता कार्यमा सामेल हुन्छन्, हामीले देश त बचाउनुपर्छ नि!’

उनले थपे, ‘राप्रपाले सक्रिय राजतन्त्रको कुरा उठाएको छैन, अभिभावकीय भूमिकाको राजतन्त्र भनेको छ, हिन्दु राष्ट्र भनेको छ, संघीयता खारेजी भनेको छ, यी सबै मुद्दा अहिले सान्दर्भिक देखेरै म राप्रपामा आएँ।’

गरिबका छोराछोरीलाई नि:शुल्क शिक्षा,जथाभावी बिक्री वितरण भइरहेको मदिराजन्य वस्तुको नियन्त्रण गर्ने,सामाजिक कार्यमा योगदान पुर्‍याउने एजेन्डा सहित घर घरमा मत मागिरहेको उनले बताए ।

बुढीगंगा १ पुस्पलाल चोक घर भएका कटवाल सामाजिक काममा पनि सक्रिय रहेका छन् ।

उनीसंगै मोरङ ६ मा एमालेबाट लालबाबु पण्डित तथा गठबन्धनबाट डा शेखर कोइराला प्रतिस्पर्दामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्