मंसिर १ गतेदेखि ४ गतेसम्म मोरङमा सीमानाका बन्द

<span class='c1'>मंसिर १ गतेदेखि ४</span> <span class='c2'>गतेसम्म मोरङमा सीमानाका बन्द</span>

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै मंसिर १गतेदेखि देखि चारदिन सीमानाका बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ४ मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमानाका बन्द गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । निर्णय विरूद्ध गतिविधि गरे कारबाही गरिने छ ।

मोरङमा ६३ किलोमिटर सीमासँग जोडिएको क्षेत्र पर्दछ । क्रस बोर्डर सुरक्षा बैठकमा भारतीय सुरक्षा बलसँग समेत निर्वाचनमा हुनसक्ने अवात्तिछत गतिविधि रोक्न सहयोगको अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्