विराटनगरका गोपाल रेग्मी भन्छन्–जसले चुनावमा ढोग्छन्, उनीहरुले पाँचवर्षसम्म ढोगाउँछन्

विराटनगरका गोपाल रेग्मी भन्छन्–जसले चुनावमा ढोग्छन्, उनीहरुले पाँचवर्षसम्म ढोगाउँछन्

विराटनगर । विराटनगरका पूर्वकार्यकारी प्रमुख गोपाल रेग्मी यतिबेला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा प्रदेशसभा सदस्यका उमेदवार छन् । अरुको धेरै भीडभाड र राजनीतिक भाषण छोडेर व्यक्तिगत रुपमा मत मागिरहेका रेग्मी आगामी मंसिर ४ गते नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त देखिन्छन् ।

उनी निर्वाचन पूर्व मतदातालाई भेट्ने र उनीहरुको समस्या सुन्ने काममा व्यस्त रहेको बताउँछन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उनले विगतमा गरेको कामलाई मूल्यांकन गरेर मतदाताले भोट लालटिन छापमा हाल्ने विश्वास रहेको बताउँछन् । काँग्रेसका केदार कार्की र एमालेका पर्शुराम बस्नेत मुख्य पार्टीबाट उमेदवार बनेको क्षेत्रमा रेग्मी स्वतन्त्र हैसियतमा उमेदवार बनेका हुन् ।

उनलाई दवाव र प्रभावसँग कुनै मतलव नभएका कारण नेपाली काँग्रेसको प्रदेश सदस्य हुँदाहुँदै स्वतन्त्रमा उमेदवारी दिएका हुन् । कारण, विराटनगरका महानगरपालिकको मेयरमा उनको नाम सिफारिस भएको थियो । प्रदेशसभा सदस्यका लागि समेत एक नम्बरमा उनकै नाम सिफारिसमा परेको थियो । तर, दलबलको प्रभावले आधिकारिक पार्टीको उमेदवार बन्न नपाएपछि उनी स्वतन्त्र हैसियतमा मतदातासँग मत माग्न लागेका हुन् ।

चुनावमा उनको आफ्नै शैली छ । पत्रकार सम्मेलनमा उनले भने–‘चुनावको बेला आएर ढोग्नेले पाँचवर्षसम्म ढोगाउँछन्’ विचार गरेर मत हाल्नुहोला । उनले कसैलाई आरोप लगाउने राजनीतिक संस्कारमा विश्वास गर्दैनन् । तर, विकास निर्माणको काममा पहल लिने कुरालाई उनले पुष्टि गरेर देखाई दिएका छन् । विराटनगरमा निर्माणको भएको सडक पूर्वाधार, बसपार्क र तारिणीप्रसाद सञ्चार ग्राम निर्माणको काममा स्रोत व्यवस्थापन गर्न सफल भएको दावी गर्दछन् । उनले आफ्नो उमेदवारीमा कुनै शंका वा लाभ नजोडिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्