कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने

कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने

विराटनगर । कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने भएको छ।

उपेक्षा, दुव्र्यवहार, विभेद र घरेलु हिंसा न्युनिकरणका लागि किशोरकिशोरी सशक्तीकरणका लागि रुपान्तरण भन्ने मुल नाराका साथ विङ्गस इन्टरटेन्मेन्टको आयोजनामा संचालन हुन लागेको कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने भएको हो । कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई मध्यनजर गरेर आयोजना गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रमको पहिलो अडिसन कात्तिक २६ गते शनिबार कन्चनबारी स्थित ह्वाईटहाउस थकाली किचन तथा रेस्टुरेन्टमा सम्पन्न भएको थियो र पहिलो चरणको अडिसनमा २२ जनाले सहभागीता जनाएका थिए ।

बढ्दो उमेरसंगै कला, संस्कृति तथा व्यक्तीत्व र नेतृत्व शिक्षामा युवाहरुको घटदो रुचीलाई ध्यानमा राखी विराटनगरमा पहिलो पटक केही फरक प्रशिक्षण तथा सिकाई सामग्रीसहित विङ्गसले यो कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक पवन काफ्लेले बताए ।

हालै मात्र उदयपुरमा लिटिल आईकन उदयपुरको पाँचौ संस्करण सकेको विङ्गसले दर्शक र सहभागिबाट राम्रै प्रतिक्रिया पाएको काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्