नेपाल बैंक लिमिटेडले प्रदेश १ मा विभिन्न कार्यक्रम गरेर ८६ औँ बार्षिकोत्सव मनायो

<span class='c1'>नेपाल बैंक लिमिटेडले प्रदेश १ मा विभिन्न</span> <span class='c2'>कार्यक्रम गरेर ८६ औँ बार्षिकोत्सव मनायो</span>

विराटनगर । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८६ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले  प्रदेश नं. १ मा ८६ औँ बार्षिकोत्सव मनाएको हो । बैंकले मोरङ र सुनसरी जिल्लाका शाखाहरु र प्रदेश कार्यालयका कर्मचारीहरु मिलेर विराटनगरको ट्राफिक चोक,मेनरोड हुदै जैन भवन, सिटि अफिस विराटनगर,गोल्छा चोक हुदै पुर्वतिर लागेर नेपाल बैंक लिमिटेडको प्रादेशीक कार्यालयमा पुगेर प्रभातफेरी सम्पन्न भएको हो ।

सो बाहेक केही शाखाहरुले ८६ औँ बार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत समाजिक उत्तरदायित्व सम्बन्धी र परोपकारसंग संबन्धित कार्यहरु समेत सम्पन्न गरेका छन् । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड बि.स. १९९४ साल कार्तिक ३० गते स्थापना भएको हो । नेपाल बैंकले हाल २२६ शाखामार्फत सेवा दिँदै आएको छ । बैंकले शाखासँगै १९९ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउन्टररही जम्मा ७१ जिल्लामा शाखा संजाल विस्तार भएको छ ।

प्रदेश नं.१ को सन्दर्भमा यस बैंकका ३८ वटा शाखा र ३३ वटा एटिएम मेशिन र ६ वटा एक्सटेन्शन काउन्टरबाट बैंकले सेवा प्रदान गरिरहेको छ ।
प्रभातफेरी कार्यक्रम पश्चात बैंकको प्रादेशिक कार्यालय नं. १ का प्रमुख सूर्यप्रकाश भट्टले देशको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशको आर्थिक विकासमा उल्लेखनीय योगदान दिदै आएको बताए । जनतालाई उत्कृष्ट सेवा प्रदान गर्दै व्यवसायिक रुपमा समेत सफलता हासिल गरेको बताउदै आगामी दिनहरुमा समेत बैकिङ सेवाको गुणस्तरलाई थप सुधार गर्दै जाने प्रतिबद्ध ब्यक्त गर्दै सोही बमोजिम कार्य सम्पादन गर्न सहभागी शाखा प्रबन्धक र कर्मचारीहरुलाई आग्रह गरे । सिटि अफिस विराटनगरका ब्रान्च मेनेजर डमर भण्डारीले बैंकका ग्राहकवर्ग र कर्मचारीहरुलाई बधाई समेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्