कसैको आफ्नै अभियान : प्रत्येकको हातमा गीता र हनुमान चालीसा

कसैको आफ्नै अभियान : प्रत्येकको हातमा गीता र हनुमान चालीसा

विराटनगर । दिनेससिम्पाने पोखरेल सुनसरी इरुवाको पत्रकार हुन् । उनको कार्यक्षेत्र भने सुनसरी मात्रै छैन । उनी विराटनगर आउँछन्, झापा पुग्छन् । पत्रकारिता गर्दै आएका उनको आफ्नै शुभारम्भ मासिक पत्रिका छ । पत्रिकाको कार्यालय विराटनगरमा राखेका छन् । उनी शुभारम्भ मासिक पत्रिका प्रकाशनको सुचना सामाग्रीसँगै अर्को अभियानमा सरिक हुन्छन् ।

उनको अभियान छ–‘हरेकको हातमा गीता र हरेको हातमा हनुमान चालीसा ।’ उनले कसैलाई भेटेर गफ गर्ने क्रममा एउटा सानो गीता र हनुमान चालीसा दिई हाल्छन् । त्यहि बाँड्न उनी इनरुवाबाट कहिले विराटनगर, त कहिले झापा पुग्छन् । उनको उद्देश्य गीता र हनुमान चालीसा प्रत्येक व्यक्तिले साथमा राखेर पढ्दा ज्ञान बढ्ने मात्रै नभई पठनशैलीको विकास हुनेछ ।

गीता बोकेर हिड्ने उनी असत्य बोल्नु हुन्न भन्छन् । गीतालाई साथमा लिएर हिड्दा व्यक्तिको व्यक्तित्वमा सुधार र नरमपना बढ्ने बुझाई उनमा छ । गीता र हनुमान चालीसा निःशुल्क वितरण गर्ने उनले दैनिक पढ्न सुझाउँछन् ।

व्यक्तिमा धर्मसँग आस्था हुन्छ या हुँदैन तर उसले गीता र हनुमान चालीसा बोकेर हिड्दा उसको दैनिकीमा सकारात्मक प्रभाव पर्ने दावी पोखरेल गर्दछन् । मानसिक रुपमा तनावमुक्त बन्न सहयोग गर्ने विश्वासले उनलाई अभियान चलाउने प्रेरणा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्