भोजपुरमा प्रचण्डले सम्बोधन गर्ने चुनावीसभामा नजिकै बम विष्फोट

भोजपुरमा प्रचण्डले सम्बोधन गर्ने चुनावीसभामा नजिकै बम विष्फोट

विराटनगर । भोजपुरको पौवादुम्बा गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई लक्षित गरि नजिकै बम विष्फोट भएको छ । बम पड्कदा भोजपुरको अरूण गाउपालिका वडा नं ४ का सुमन श्रेष्ठ घाईते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता नविनराज राईका अनुसार विष्फोटबाट घाईते भएका श्रेष्ठले झोलामा बोकेको बम विष्फोट भएको हो ।

उनलाई खुट्टामा चोट लागेको छ । बम उनले नै बोकेको शंका प्रहरीले प्रारम्भिक रुपमा गरेको छ । श्रेष्ठ विप्लव कार्यकर्ता भएको अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

घाईतेको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ । सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस प्रवक्ता प्रकाशशरण महत भोजपुर जाने क्रममा छन् । अहिले आमसभा भने सुचारु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्