महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पहिलोपल्ट सेमेस्टर प्रणालीमा आधारित ‘बीएसडव्लु’ मा भर्ना खुल्यो

<span class='c1'>महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पहिलोपल्ट सेमेस्टर</span> <span class='c2'>प्रणालीमा आधारित ‘बीएसडव्लु’ मा भर्ना खुल्यो</span>

विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पहिलोपल्ट सेमेस्टर प्रणालीमा आधारित चार बर्षे सामाजिक कार्य (बीएसडब्लु’ मा भर्ना खुलेको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयद्वारा प्रकाशित सूचना अनुसार स्नातक तह सेमेस्टर प्रणालीमा आधारित एकल अनुशासकीयको Bachelor Degree in Social Work (BSW-2022) कार्यक्रममा ५० सिटको लागि भर्ना खुलाइएको हो।

भर्ना हुनका लागि कक्षा ११ र १२ को प्रत्येक विषयमा कम्तिमा ग्रेड ‘डी’ ग्रेड (१.८ जीपीए) तथा २०७९ सालभन्दा पहिले १२ पास गर्नेका लागि ‘डीं’ ग्रेड (२.० जीपीए) अंक प्राप्त वा प्रवीणता प्रमाणपत्र तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेका वा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले अनलाइन प्रवेश परीक्षाका लागि आवेदन फारम भर्न सक्ने जारी सुचनामा उल्लेख छ ।

भर्नाको लागि फारम भर्ने मितिमा २०७९ कार्तिक २४ गतेदेखि मंसिर १५ गतेसम्म रहेको छ। समयमै फारम भर्न नपाएकहरुले दोब्बर शुल्कमा २०७९ मंसिर १६ गतेदेखि मंसिर १७ गतेसम्म भर्नाको लागि फारम भर्न सकिने जारी सुचनामा उल्लेख छ । प्रवेश परीक्षा भने २०७९ मंसिर १९ गते बिहान ८ बजेदेखि हुने जानकारी दिइएको छ।

प्रदेश १ कै शिक्षाको जगको रूपमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर भविष्यको कर्णधार, कर्मठ, जुझारू, शिक्षित, विवेकशील युवाहरू उत्पादन गर्ने शैक्षिक संस्था हो । थप जानकारीका लागि ९८४२११५३२० ,९८४००५६४०० यस नम्बरमा सम्पर्क गर्नसक्नु हुनेछ। तलदिएको लिङ्गकबाट अनलाइन प्रवेश परीक्षाका लागि आवेदन फारम भर्नुहोस् : https://entrance.tufohss.edu.np/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्