सत्र प्रतिशत ब्याजदरको लोभ देखाएर ८२ लाख ठगी गर्ने दम्पती पक्राउ

सत्र प्रतिशत ब्याजदरको लोभ देखाएर ८२ लाख ठगी गर्ने दम्पती पक्राउ

विराटनगर । सहकारीमा नगद जम्मा गर्दा १७ प्रतिशत ब्याज दिने भन्दै सर्वसाधारणलाई झुक्याएर रकम जम्मा गराई फिर्ता नदिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० सुकुना टोल खोर्साने बस्ने बर्ष ५६ को राम बहादुरलाई भन्ने व्यक्तिलाई स्थानीय ४२ वर्षीय राजु विश्वकर्मा र निजकी श्रीमती बर्ष ३८ की कमला विश्वकर्माले झुक्याएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले कमला ज्वेलर्स वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नगद बचतमा १७ प्रतिशत ब्याजदर दिने भनि प्रलोभनमा पारेर ८२ लाख ७४ हजार ६०२ रुपैँया ठगी गरेको आरोप छ । उनीहरुले अन्य सर्वसाधारणहरू समेतबाट रकम संकलन गरी रकम फिर्ता माग गर्दा बिभिन्न बहाना बनाई ठगी गरेर साउन १७ गतेदेखि पसल समेत बन्द गरेपछि पीडितले प्रहरीमा निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी कसूरमा संलग्न राजु विश्वकर्मा र निजकी श्रीमती कमला विश्वकर्मालाई पक्राउ गरी ठगी कसूरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्