योगेन्द्र मण्डलले भने–मेरो उमेदवारी कायम छ

योगेन्द्र मण्डलले भने–मेरो उमेदवारी कायम छ

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार योगेन्द्र मण्डलले आफू विरुद्ध कुप्रचार सुरु गरिएको भन्दै मतदातालाई सचेत रहन आग्रह गरेका छन् ।

उनले आफ्नो उमेदवारी कायम रहेको बताउँदै कसैले गरेको कुप्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

मण्डलले जसपाका नेता राजकुमार यादवलाई सहयोग गरेको भन्दै बुधबार सामाजिक सञ्जालमा केहि पोष्टहरु सार्वजानिक भएका थिए । तर, उनले आफ्नो उमेदवारी कायम रहेको र अहिलेसम्म देखाएको माया, विश्वास र समर्थनप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

यस क्षेत्रमा नेपाली काँग्रेस, माओवादी र एकिकृत समाजवादी गठबन्धनबाट माओवादीका शिवकुमार मण्डल, जसपा र एमाले तालमेलमा जसपाका राजकुमार यादव उमेदवार छन् । योगेन्द्र मण्डल स्वतन्त्र उमेदवार हुन् । यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्प्रर्धाबाट परिणाम आउने अनुमान गरिएको छ ।

भिडियोहेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्