सुनितालाई ई—रिक्साले दिएको आत्मनिर्भर बन्ने अवसर

सुनितालाई ई—रिक्साले दिएको आत्मनिर्भर बन्ने अवसर

सुजता लिम्बू
विराटनगर । रातको ठ्याक्कै ८ बजे । तरहरा चौकमा आफ्नै रफतारमा कुदिरहका यात्रु वहाक सवारीहरु गन्तव्य पछ्याइरहेका थिए । पसलहरु फाटफुट बन्द हुँदै थियो ।
यस्तै—यस्तै माहोलमा सुनसरीकी सुनिता मगर भने यात्रुको पर्खाइमा यताउता दौडिरहेकी थिईन् । ई—रिक्सा चालक उनी नयाँ मान्छेको आगमनसँगै आशाले भरिएको आवाजमा कहाँ जाने ? प्रश्न गर्थिन् । उनको यो प्रश्नलाई प्रतिउत्तर दिँदै गन्त्वयमा पुग्ने हुटहुटीले यात्रुहरु सफारीमा चढ्दै गर्दा उनको अनुहारमा खुशी भरिन्थ्यो ।

सुनिताले आफ्नो सफारीको एक छेउमा स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह अंिकंत झण्डा टाँग्न भ्याएकी रहेछिन् । यो कुन पार्टीको चुनाव चिन्हे हो ? हाम्रो प्रश्नमा उनले मुस्कुराउदै जवाफ दिईन,‘उहाँ स्वतन्त्र उम्मेदवार रे ! हाम्रो हितका लागि काम गर्नुहुन्छ रे त्यही भएर दाईहरुले उहाँलाई भोट दिनुभन्नु भएको छ ।’ दाईहरुको भनाई अनुसार यो निर्वाचनमा स्वतन्त्रमा मत खसाल्ने तयारीमा छिन् ।
उनी २०७४ को निर्वाचनलाई स्मरण गर्दै भोट माग्न आएका उम्मेदवार मध्ये कसले जित्यो जितेर गएको प्रतिनिधि नै चिन्न नपाई निर्वाचन आउने गरेको उनी सुनाउछिन् । यो लेखको पात्रसँग कुराकानी गर्दासम्म निर्वाचन आउन ४ दिन बाँकी थियो । उनलाई आउने निर्वाचनमा कुन पार्टीबाट को—को उम्मेदवार छन् अनविज्ञ रहेको बताउछिन् ।

‘पहिलेको चुनावमा म पार्टीको नाम चाहीँ भन्दिन, भोट खसाले तर कसले जित्यो थाहा भएन, मैले पनि चासो दिईन । दुखः आफ्नै हुन्छ के वास्ता गर्नु,’उनी खित्का छोडेर हाँस्दै सुनाउछिन्, ‘जितेर गएको मान्छे नै नचिनि फेरी भोट खसाल्ने बेला पो आएछ ।’
उनले तीन महिना देखि सफारी चलाउदै आएको सुनाइन् । यो भन्दा अगाडी घर गृहस्थ सम्हाल्दै घरैमा बस्दै आएकी उनी घर बाहिर निस्किन थाले देखियता थप आत्मविश्वास बढ्दै गएको उनी सुनाउछिन् । उनको श्रीमान पनि सफारी चालक नै रहेको सुनाउदै उनी भन्छिन्,‘यसमा श्रीमानको पनि बलियो साथ छ ।’ दैनिक २ हजार कमाई हुने गरेको उनले बताईन् । घर बस्दाको समय र बाहिर केही गर्छु भनेर निस्किदाको समय धेरै भिन्नता रहेको उनी अनुभव सुनाउछिन् । आफ्नै कमाईमा थोरै भए पनि आत्मसन्तुष्टि मिल्ने बताउने उनी घर बाहिर निस्किदा धेरै कुराको ज्ञान पनि पाइने उनको भनाई छ ।

‘घर बस्दा पहिले लाटी जस्तै थिए, यसै समय खेर जान्थ्यो,’उनी सुनाउछिन्,‘घर बाहिर निस्किदा धेरै कुराहरु सिकिने रहेछ ।’ उनले यस अघि राजनीतिक, यसमा हुने विकृति र समाज बुझेकी थिईनन् । जब, घर भित्रको चारकुनाबाट बाहिरिने निर्णय गरिन त्यो दिन देखियता धेरै कुराहरुको ज्ञान बढ्दै गएको उनको अनुभव छ । एउटी नारीका लागि घर बाहिर निस्किएर केही गर्छु भन्ने विषयमा श्रीमानको दर्बिलो साथ हुनपर्ने उनी बताउछिन् । पछिल्लो समय विद्युतीय सवारी सञ्चालनमा आएसँगै महिलाहरुलाई पनि आत्मनिर्भर बन्न प्रेरणा मिलेको उनी बताउछिन् । उनको क्षेत्रमा दुई जना मात्रै महिलाहरुले सफारी चलाउने गरेको उनले जानकारी दिईन् । उनी अन्य पुरुष चालकहरु झैँ दिनरात खट्छिन्। उनको पनि आफ्नै नजिकका यात्रु ग्रहाकहरु रहेको सनुाउछिन् ।

उनी भन्छिन्,‘यो पेसामा पनि प्रतिस्पर्धा त हुन्छ नि, अरु दाईहरुको आफ्नै चिनेको यात्रु हुनुहुन्छ, उहाँहरुबाट नै सिकेर मैले पनि मेरो सम्पर्कमा आफ्नै यात्रु बनाएकी छु, उहाँहरुले जुनबेला फोन गर्नुहुन्छ म पुग्छु ।’ १५ मिनेटको उनीसँगको कुराकानीमा उनले यो पेसालाई चुनौतीसँगै अवसरको रुपमा पनि लिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्