विराटनगरको मोरङ सहकारीमा निःशुल्क डायलासिस सेवा

विराटनगरको मोरङ सहकारीमा निःशुल्क डायलासिस सेवा

विराटनगर । विराटनगर–२ मा अवस्थित मोरङ सहकारी अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गरेको छ । नेपाल सरकारको विपन्न उपचार कार्यक्रम र लायन्स इन्टरनेशनल फाउण्डेसनको सहयोगमा मृगौला रोगीको निःशुल्क डायलासिस सेवा सुरु गरिएको हो ।

अस्पतालका सञ्चालक विकास अधिकारी अनुसार दैनिक सात मेसिनबाट २१ जनासम्मको डायलासिस गर्न सकिने छ । यसमा सेवाग्राहीले कुनैपनि शुल्क तिर्नुपर्ने छैन ।

औषधी समेत अस्पतालले उपलब्ध गराएर निःशुल्क सेवा प्रदान गर्ने भएको हो । सहकारी अस्पतालमा आकस्मिक डायलासिस सेवा २४ घण्टा नै सूचारु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्