मीरगञ्जको पुल सञ्चालनमा चाँडै आउने विराटनगरका उद्योगीलाई भारतको आश्वासन

मीरगञ्जको पुल सञ्चालनमा चाँडै आउने विराटनगरका उद्योगीलाई भारतको आश्वासन

विराटनगर । विराटनगर–१८ आईसीपीस्थित भन्सारमा भारतबाट मालवस्तु बोकेर आउने सवारी ११ महिनादेखि रि–रुट भन्टाबारी नाका हुँदै आएका छन् । भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमि मीरगञ्जको परमाणा खोलाको पुल गतवर्ष पुस २२ गते क्षतिग्रस्त भएयता मालवस्तु आयात–निर्यात असहज बन्दै आएको हो ।

भन्सार नजिकैबाट रि–रुट भन्टाबारी सुनसरी हुँदै पुनः विराटनगर भन्सारमा मालवस्तु बोकेका सवारी आउँदा ११६ किलोमिटर दुरीमा घुम्नुपर्ने हुन्छ । यो समस्याले सुनसरी–मोरङ औद्योगिक करिडोरलाई पिरोल्ने गरेको छ । ढुवानी खर्च बढ्दा औद्योगिक उत्पादनको लागत बढ्दो अवस्थामा छ ।

पुल क्षतिग्रस्त स्थान नजिक भारतले नयाँ पुल निर्माण गरिसकेको छ । तर, सञ्चालनका लागि उसले अपनाउनु पर्ने प्रक्रिया पूरा नगर्दा त्यसको असर सुनसरी–मोरङलाई परेको छ । पुल सञ्चालनका लागि मोरङ व्यापार संघका कार्यकारी सदस्य गोपाल अग्रवालले भारतीय दूतावासका डिपुटी चिफ अफ मिशन प्रशन्न श्रीवास्त र वाणिज्य प्रमुख सुमन शेखरलाई ज्ञापनपत्र बुझाएका छन् ।

बारम्बार संघले पुल सञ्चालनमा ल्याईदिन आग्रह गर्दै भारतका विभिन्न उच्च पदस्थ अधिकारीको ध्यानाकर्षण गराउँदै आएको छ । तर, भारतीय पक्षले आश्वासन मात्रै दिदाँ निरासा बढ्दै गएको छ । संघका सदस्य अग्रवालले अध्यक्ष नविन रिजालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र दूतावासका अधिकारीलाई बुझाएका छन् । त्यस क्रममा अबका १५ दिनभित्र पुल सञ्चालनमा ल्याईने आवश्वास पाएको उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्