मोरङमा निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालनदेखी मतदान स्थलको तयारी धमाधम

मोरङमा निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालनदेखी मतदान स्थलको तयारी धमाधम

प्रेम देवान
विराटनगर । अबको दुई दिनपछि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङमा मतदान स्थलदेखी निर्वाचान सुरक्षाकर्मी परिचालनको लगभग अन्तिम तयारी अवस्थामा पुगेको छ ।


मोरगमा चार निकायका सात हजार सुरक्षाकर्मी परिचालन भएका छन् । मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानको टोलि निर्वाचन लक्षित गरेर परिचालन गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार नेपाल प्रहरीको दुईहजार ८४ जना, म्यादी प्रहरी ३ हजार ६१६ जना, सशस्त्रको ७०० र नेपाली सेना ६०० को संख्यामा परिचालन गरिएको छ । नेपाल प्रहरी र म्यादी प्रहरी मतदानस्थलमा, त्यस भन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी र त्यसभन्दा बाहिरी पेरिफेरीमा नेपाली सेनाको टोलि परिचालन हुनेछ ।


मोरङमा नेपाल प्रहरीले मोरङका छ संघीय निर्वाचन क्षेत्रमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा मोवाइल टोलि परिचालन गर्नेछ । त्यस्तै १२ वटा प्रदेशसभा सदस्य निर्वाचनमा प्रहरी निरीक्षकको कमाण्डमा ३६ वटा मोवाइल टोलि परिचालन गरिएको छ । प्रत्येक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रभर प्रहरी नायव उपरीक्षकको टोलिले र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा रहेको तीनवटा मोवाइल टोलि परिचालन गरिएको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार अतिसंवेदनशील संवेदनशील र सामान्य मतदानस्थलका आधारमा थप फोर्सलाई रिजर्भमा राखिने छ ।
मोवाइल टोलिले अतिसंवेदनशील मतदान केन्द्रलाई ध्यानमा राखेर तत्काल ‘रेस्पोन्स’ टिमको रुपमा काम गर्नेछ । मोरङमा ५० अतिसंवेदनशीलमा मतदान केन्द्रमा सूचिकृत गरिएको छ । यसैगरी १४४ संवेदनशील र ११२ सामान्यमा सूचिकृत गरिएको छ । यीमध्ये विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका ९ वटा स्थल, रंगेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी गाउँपालिकाका मतदान स्थललाई संवेदनशीलमा राखिएको छ ।
अबको दुईदिनपछि हुन लागेको प्रदेश र संघको चुनावको तयारी पनि अन्तिम चरणमा पुगेको छ । मतदान स्थलहरुमा सुरक्षा निकाय खटिनेदेखी मतदान गर्ने ठाँउहरुको निमार्ण कार्य अहिले धमाधम भईरहेको छ ।
उता निर्वाचनका लागि गएरातीदेखी नै छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ ।
मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यलय मोरङले चार दिन सम्मका लागी सीमानाका बन्द गरेको छ । तर अति आवश्यकीय सवारीसाधन तथा विरामीलाई भने छुट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्