विराटनगरमा बमजस्तै देखिने शंकास्पद वस्तु फेला

<span class='c1'>विराटनगरमा बमजस्तै देखिने</span> <span class='c2'>शंकास्पद वस्तु फेला</span>

विराटनगर । विराटनगर ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु शनिबार बिहान भेटिएको छ ।

शनिबार बिहान ६:३० बजे बजेतिर पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद एउटा झोला देखिएको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

‘पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ,’ उनले भने, ‘अहिले नेपाली सेनाको बम डिस्पोजन टोलीलाई खबर गरिसकेको बताए । सेनाको टोली घटनास्थलतर्फ जादैछ ।’

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्