प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट मतगणना सुरु गरिने बताएका छन् ।उनले साँझ ५ बजे मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुने बताए ।
७ बजेसम्म मतपेटिका संकलन गरी एकघण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार्य सुरु हुने उनले जानकारी दिए ।
निर्बाचन समाप्त पछि मोरङका चार स्थानबाट मतगणना गरिने भएको छ ।
मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र नम्बर ३ मतगणना बेलबारी नगरपालिकाको भगवती माध्यमिक विद्यालयमा गरिने र निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगर महानगर पालीकाको आदर्श माध्यमिक विद्यालयमा गणना गरिने जानकारी गराइएको छ l