आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : कोइराला

<span class='c1'>आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो</span> <span class='c2'>बनाउँछ : कोइराला</span>

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

मतदानपछि उहाँले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो । दण्डहीनताको अन्त्य गर्दै सुशासन र मुलुकको आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ थियो । आफू निर्वाचित भएर गएपछि दण्डहीनता अन्त्य र सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउने चर्चा गर्नुभयो । “मुलुकमा अहिले दण्डहीनता मौलाउँदै गएको छ । जनताले सुशासनको प्रत्याभूति गर्न छाडेका छन्,” कोइरालाले भने, “दण्डहीनताको अन्त्य गरी सुशासनमात्रै कायम गर्न सकियो भने मुलुकको विकास समृद्धि हुन्छ ।”

यो निर्वाचनले संघीयता र लोकतन्त्रलाई थप बलियो बनाएको उहाँले बताउनुभयो । कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो । “यो निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ,” उहाँले थप्नुभयो, “त्यसपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ ।” निर्वाचनको परिणामपछि मात्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लाग्ने कोइरालाले प्रस्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्