विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ करैया देवस्थल (ख) मतदान केन्द्र भित्रै शंकास्पद वस्तु विष्फोट भएको छ । मतदान केन्द्रमै शंकास्पद वस्तु विष्फोट भएपछि मतदाताको भागाभाग भएको थियो ।
निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने यो मतदान केन्द्रको बीच भागमा पड्कने वस्तु जमिनमुनी राखिएको अनुमान गरिएको छ । जमिनमुनी मोवायलमा विष्फोटक पदार्थ राखेर केहि नजिकबाट नम्बर डायल गरि पड्काएको अनुमान गरिएको छ ।
विष्फोट भएपछि मतदाताले सुरक्षा निकायसँग प्रश्न उठाएका छन् । मतदानस्थलको सुरक्षा राम्रो नगरिएको भन्दै आक्रोश पोखिएको थियो । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिरहेको बताएको छ ।