विराटनगर। सुनसरीको क्षेत्र नं.३ को बर्जु गाउँपालिका नेरामाविको मतदान केन्द्रमा बम विष्फोट भएको छ । बम विष्फोट भएपछी मतदाताको भागभाग भएको छ । मतदान केन्द्रमा अर्को पनि बम भेटिएकोले केही समयको लागि मतदान रोकिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएको हो । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।