विराटनगर । आइतबार आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारका लागि निर्वाचन भईरहेको छ । मतदाता मतदान केन्द्रमा प्रवेश गरेपछि ४ वटा मतपत्रमा मत हाल्नुपर्ने हुन्छ ।
त्यसमध्ये पहिलो मतपत प्रतिनिधिसभातर्फका प्रत्यक्ष, दोस्रो मतपत्र प्रतिनिधिसभा समानुपातिक, तेस्रो मतपत प्रदेशसभा सदस्यतर्फको प्रत्यक्ष र चौंथो मतपत्र प्रदेशसभा समानुपातिकतर्फका हुनेछन् ।
प्रतिनिधीसभाको प्रत्यक्षको मतपत्रमा पहिलो मतदान गरेर बाकसमा खसालेपछि दोस्रो मतपत्र प्रतिनिधीसभाको समानुपातिकतर्फको मत हाल्नुपर्छ । त्यसपछि तेस्रो प्रदेशसभाको प्रत्यक्षको र चौथो प्रदेशसभाको समानुपातिकमा मत हाल्नका लागि मतदाता सचेत हुनुपर्छ ।
निर्वाचनका क्रममा मोरङ निर्वाचन क्षेत्र ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मिसमास भएको छ । प्रतिनिधीसभाको समानुपातिक तर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको भन्दै त्यसलाई सच्याउन मतदान रोकेर सच्याइएको छ ।