विराटनगर । निर्वाचनमा खटिएका कर्मचारीले मत मागेपछि मोरङको पथरी–३ जनता मावि ‘क’ मतदान केन्द्रका एक कर्मचारीलाई निकालिएको छ ।
मतदान गराउन खटिएकी कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएपछि उनलाई निकालिएको हो ।
मत हाल्न पुगेकी कमला दाहालसँग विनिताले सत्तागठबन्धनका पक्षमा भोट हाल्न आग्रह गरेको आरोप छ । कर्मचारीले मत माग्न नपाउने भन्दै हल्ला भएपछि विनितालाई निष्कासन गरिएको र उनको ठाउँमा रामराजा चौधरीलाई खटाइएको मतदान अधिकृत रामकृष्ण श्रेष्ठले बताए ।