विराटनगर । "वैशाखमा जस्तो भीड नै छैन" मुस्कुराउदै सुनाइन् रुक्मिणी अधिकारीले ।
तीनटोलीया विराटनगर कि ६५ वर्षीय रुक्मिणीलाई मतदाताको चाप न हुँदा भोट खसाल्न सहज भएको बताइन् ।
स्थानीय निर्वाचनमा जस्तो उत्साहजनक नभएको अनुभव सुनाउदै उनले भनिन ," वैशाखमा त कति लाइन थियो, आज त खासै मान्छे रहेनछ लाइनमा धेरै उभिन परेन ।"
१७ वर्षको उमेरदेखि भोट खसाल्दै आएको अनुभव छ उनिसँग । विगतका दिनहरूमा भन्दा मतदानस्थलमा व्यवस्थापनको पाटो सहज भएकाले आफू ले रुचाएको उम्मेदवारलाई भोट खसाल्न खासै असहज नभएको बताइन् । तर, विगतमा जस्तो मतदाताहरुमा उत्साह घट्दै गएको उनी बताउछिन ।